घिरिङमा गर्भवती महिलाहरुकोलागि ग्रामिण अल्ट्रासाउन्ड

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २५

घिरिङ गाउँपालिकाको आयोजनामा सोमबार वडा नम्बर ४ को गड्यौलीटार सामुदायिक स्वास्थ्य इकाइमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सम्पन्न गरिएको छ ।

घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले स्वास्थ्य क्षेत्र सुधारको लागि गाउँपालिकाले कुनै कसर बाकी नराख्ने बताए ।

उक्त कार्यक्रममा घिरिङ स्वास्थ्य चौकीका प्रमुख पृतम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प.हे.न.बिष्णु पौडेल, सेवा प्रदायक अनमी जानुका श्रेष्ठ, फुला आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख प्रबिन श्रेष्ठ, गड्यौलिटार सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रमको सन्चालन तथा ब्यबस्थापन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए । सो कार्यक्रममा १४ जना गर्भवती महिलाको भिडियो एक्स रे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण