विष्णु मगर । देवघाट, कार्तिक २७
चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुह देवघाट–५ को २७ औ साधारण सभा विहिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममको देवघाट गाउँपालिकाका तिल बहादुर थापाले उद्घाटन गरेका थिए ।



उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले स्थानिय सरकारले सामुदायिक वनलाई प्राथमिकता दिएर नीति तथा कानुन बनाउने बताए । सामुदायिक वनले स्थानिय सरकारलाई मात्र हेरिरहन्छ तर स्थानिय सरकारले केही गर्न नसकिने र गर्न अधिकार सिमित मात्र रहेको हुदा पालिकाले पनि सोही अनुसार कानुन बनाईएको थापाले बताए । पछिल्लो समयमा सामुदायिक वनलाई उत्थान गर्नको लागि विभिन्न संघ सस्थाहरु रहेको हुदा ती संघ सस्थाहरु खोजी गरि अघि बढ्न सकिने थापाले बताए । व्यक्ति–व्यक्तिको घरमा सेवा सुविधा दिन नमिल्ने/नसकिने हुँदा समाज रुपान्तरणको लागि गाउँपालिकाले सधै काम गर्दै आएको अध्यक्ष थापाले बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुवँरले स्थानिय सरकारले गर्न नसकेको कतिपय कामहरु सामुदायिक वनहरुले गर्दै आएको कुवरले बताए । स्थानिय सरकार र सामुदायिक वनहरु नङ र मासु भई अगाडि बढ्नुपर्ने कुवरले बताए । चक्रवर्ती सामुदायिक वनले सामाजिक काममा पनि सहयोग गर्दै आएको र आगामी दिनमा वडा बाट पनि सहयोग गर्ने उनले अपेक्षा गरे ।

चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल बहादुर गुरुङले देवघाटमा रहेको वनहरुमा सबै भन्दा पुरानो समुह चक्रवर्ती सामुदायिक वन रहेको बताए । वन क्षेत्रमा नगदे बाली, जडिबुटी, फलफुलमा लिचि र कटहर रोपेको र यसबाट केही वर्ष पछि आम्दानीको स्रोत हुने गुरुङले बताए । सो बनमा आगामी दिनहरुमा पार्क र जङ्गली जनवारलाई पानी खानको लागि पोखरी खन्ने गुरुङले बताए । वन समुह भित्र २८१ घरधुरी रहेको गुरुङले जानकारी दिए ।
वडा नम्बर ५ का पुर्व अध्यक्ष याल बहादुर गुरुङले उपभोक्ता र कार्यसमिति एक जुट भई काम गर्ने हो भने सस्थालाइ अगाडि बढाउन सक्ने गुरुङले बताए । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले साधारण सभा भनेको कार्यसमितिले गरेको कामको मुल्यांकन गर्ने र काम नगरेको खण्डमा उपभोक्ताले खवरदारी गर्नुपर्ने बताए ।

चक्रवर्ती सामुदायिक वनले राम्रो गर्दै गएको र यसमा उपभोक्ताले पनि साथ दिएको खण्डमा अर्को वर्ष आफ्नो मधुवन सामुदायिक वनले झै राष्ट्रिय पुरस्कार ल्याउन सकिने गिरीले बताए । सव–डिभिजन वन कार्यालय देवघाटका प्राविधिक लोकराज उपाध्यायले वन सम्बद्र्धन गर्ने उपाय र हिसावकितावहरु पारदर्शी रुपमा वन डिभिजन कार्यलयलाई बुझाईएको बताए ।
सो कार्यक्रममा जिल्ला वन महासंघका सदस्य भोजराज नैनावस्तीले चक्रवर्ती सामुदायिक वनले समाजमा रहेको अबस्थाहरु पहिचान गरेर पिडित परिवारलाइ सहयोग गर्दै आएको र हरेक सामुदायिक वनले यसरीनै काम गर्दै जानुपर्ने बताए ।
उक्त कार्यक्रमा चक्रवर्ती सामुदायिक वन समुहका उपभोक्ता परिवारका मध्येका उत्कृष्ट विद्यार्थी बराह आधारभुत विद्यालयमा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ नागारिक तर्फ एक जना महिला र एकजना पुरुषलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरि वनको संरक्षणमा उत्कृष्ट योगदान पु¥याउने भिम बहादुर रानालाई दोसल्ला ओढाई प्रमाण पत्र र नगद सहित सम्मान गरिएको थियो । त्यस्तै अनुगमन समितिका संयोजक केश बहादुर गुरुङलाई दोेसल्ला प्रमाण पत्र र नगद दिई सम्मान गरिएको थियो । सो कार्यक्रममा साउने बालविकास केन्द्रका ७ जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा उपभोक्ताहरुको अबस्था हेरी वर्गीकरण गर्दै वनले सहयोग गरेको सचिव प्रेम थापाले बताए । हालसमम ३० जना परिवारलाई रु. १० हजारको दरले बङ्गुर पालन र बाख्रा पालनको लागि सहयोग गरिएको थापाले बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य वन समुहका उपाध्यक्ष खेम रानाले गरेका थिए ।












