देवघाट । कार्तिक २७
देवघाट गाउँपालिका–५ पिपलटारमा रहेको भर्जन कालिका मन्दिरलाई सोही ठाउँको कालिका आधारभुत विद्यालयका शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् ।



कालिका आधारभुत विद्यालयका शिक्षक/शिक्षिकाहरुले विहिबार एकमुष्ठ १६ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए । विद्यालयका प्रअ कविराज पराजुली तथा शिक्षकहरु मिना थापा, राम प्रसाद खनाल, रेखा खनाल सापकोटा, शर्मिला अधिकारी र मित्र माया आलेले भर्जन कालिका मन्दिरलाई आर्थिक सहयोग गरेका हुन् ।

भर्जन कालिका मन्दिर निर्माणको लागि विभिन्न संघ सस्था तथा व्यक्तिहरु बाट आर्थिक सहयोग मिल्दै गएको मन्दिर निर्माण समितिका संयोजक केशवचन्द्र न्यौपानेले बताए । मन्दिरको निर्माण कार्य अब अन्तिम चरणमा रहेको न्यौपानेले बताए । यहि मंसिर १८ गते मन्दिरमा घण्ट स्थापना गर्ने कार्यक्रम रहेको छ ।
मन्दिरमा राख्नको लागि ३ लाख भन्दा बढि मुल्यको घण्ट खरिद गरेर ल्याएको न्यौपानेले बताए । मन्दिरको डिपिआर अनुसार मन्दिर सम्पन्न गर्न अझै धेरै रकम लाग्ने र निर्माण समितिसँग पर्याप्त रकम नभएको भन्दै संयोजक न्यौपानेले मन्दिर निर्माणकोलागि सहयोग गर्न देवघाटबासीसँग अनुरोध गरेका छन् ।












