सिद्धान्तले दिए विद्यार्थीलाई शैक्षिक सामाग्री र मगरहरुलाई पहिरन

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक २९

नेपाल मगर संघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले देवघाट गाउँपालिका–३ स्थित कालिका आधारभुत विद्यालयलाई शैक्षिक साम्रागी तथा स्थानीय मगरहरुलाई मगर पहिरन वितरण गरेका छन् ।

पछिल्लो समयमा गाउँ छोडी शहर तिर बसाई सरिरहँदा गाउँतिरको विद्यालयहरु खाली हुँदै गएको अवस्थामा बन्दिपुर–६ निवासी समाजसेवी गर्जा मगरले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउन २० जना विद्यार्थीहरुकोलागि शैक्षिक साम्रागी उपलब्ध गराएका हुन् । दुर्गम बिधालयहरुमा गुणस्तरीय शिक्षाको लागि विभिन्न संघ संस्थाहरु गाउँ केन्द्रित भन्दा बजार केन्द्रित भएर शैक्षिक सामाग्री तथा न्यानो लत्ता कपडा बितरण गर्दा गरिब तथा निमुखा विद्यार्थीहरु सुबिधा बन्चित भएको हुँदा आफुले दुर्गम ठाउँमा सहयोग गरेको गर्जामगरले बताए ।

आफू नेपाल मगर संघ गण्डकी प्रदेशको सस्थापक अध्यक्ष र केन्द्रीय निर्वाचन समितिको सयोंजक भएको हुदा मगर समाजको भाषा सस्कृति भेषभुषा जगेर्ना गर्नुपर्छ भन्ने मुल्यमान्यता रहेको भन्दै उनले देबघाट–३ लुङग्रीङमा मगर पहिरन तथा १० थान चोलो बितरण गरेको मगरले बताए । यसबाट मगर समुदायको सभ्यता, रहनसहन र पुख्र्यौली पहिचान जीबित हुनेमा जोड हुने विश्वास लिएको मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय