देवघाटधाम जेसीजको सप्ताह अन्तर्गत स्लो बाइक रेस प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक २०

देवघाटधाम जेसीजको सप्ताह–२०२५ अन्तर्गतको चौथो कार्यक्रम ‘ट्राफिक सचेतना तथा बाइक स्लो रेस–३.०’ प्रतियोगिता शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष (वर्ष २००६) महेशराज भट्टराई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगरको पनि उपस्थिती रहेको थियो ।

सो अवसरमा कार्यक्रम संयोजक माधव न्यौपाने, जेसीज सप्ताहका मूल संयोजक अर्जुन सुवेदी, तथा देवघाटधाम जेसीजका अध्यक्ष प्रशन्न ढकालको अगुवाईमा सञ्चालन भएको थियो । यस प्रतियोगितामा जम्मा १६ जनाले सहभागिता जनाएका थिए ।

१६ जनाको सहभागिता रहेको सो प्रतियोगितामा सौगात पौडेल प्रथम र अर्जुन सापकोटा द्वित्तिय भएका थिए । कार्यक्रममा सहजीकरण ट्राफिक दीपक खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ