देवघाटको राष्ट्रपति रनिङसिल्डको उपाधी कालिका माविलाई

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक ३०

देवघाट गाउँपालिकाको आयोजना तथा कालिका मावि देवघाट ५ को व्यवस्थापनमा भएको सम्पन्न भएको आठौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधी कालिका माविले हात पारेको छ । गत कार्तिक २७ गतेबाट भएको उक्त प्रतियोगितामा कालिका माविले ११ स्वर्ण पदक ४ रजत पदक र ५ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा आदर्श मावि देवघाट–२ द्वित्तिय पार्वती मावि देवघाट–१ तृतिय भएका छन् । प्रतियोगितामा सिद्ध महाकाली मावि, भृकुटी मावि, बज्रयोगिनी मावि, बालकेश मावि, कालीगंगा मावि र राष्ट्रिय मावि पनि सहभागी थिए । बिजयी विद्यालय तथा खेलाडीहरुलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर तथा कालिका माविका प्रधानाध्यापक शरदचन्द्र खनाल लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ