आशिष पौडेल
भदौ २३ र २४ गतेका घटनाले नेपाल राज्य, हाम्रो समाज र विशेषगरी हाम्रो शिक्षित युवा पुस्ताको (जुन जेन जी पुस्ता) चेतनशीलताको मूल्यांकन पुनः गर्न बाध्य पारेको छ । चेतनशील पुस्ता होला भन्ने बुझिएको थियो, सामाजिक सन्जाललाई कानूनसम्मत बनाएर, कर तिरेर सञ्चालन गर्न सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम तत्कालीन सरकारले सूचिकृत हुनका लागि आह्वान गरेको थियो तर, एउटा सार्वभौम राज्यको कानूनलाई अवहेलना गर्ने सामाजिक सन्जालको अमर्यादित कार्य विरुद्ध तत्कालीन सरकारलाई हाम्रो सहयोगको अपेक्षा थियो। तर, साथिहरुले आन्दोलन गर्ने भनेर सडकमा आउनु भयो, आन्दोलन रचनात्मक होला भन्ने आशा थियो त्यो पनि रहेनछ ।



सामाजिक सन्जालमाथिको प्रतिवन्ध, सुशासन कायम, भ्रष्टाचारविरोधी अभियान लगायतका मागसहित आह्वान गरिएको आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढ्ला भन्ने हाम्रो अपेक्षा थियो । तर दुर्भाग्यवश, विद्यालय र कलेजका नाबालक विद्यार्थीहरूलाई अगाडि राखेर विदेशी फण्डबाट चल्ने NGO, INGO र नशाको तालमा रहने लुसिफरका स्वार्थी समुहले त्यो आन्दोलनलाई अस्थिरता र उग्रतर्फ मोडिदिए । हामीले सबैले देख्यौँ–प्रहरीका व्यारिकेट तोडियो, निषेधित क्षेत्रतर्फ धकेलिँदा, शान्ति सुरक्षामा खटिएका प्रहरी संग मुठभेड अवस्था सिर्जना गरियो । राष्ट्रिय सम्पत्ति सांसद भवन तर्फ घुसपैठ गरी आन्दोलन मोडियो । अझ दुःखद त के भने–आन्दोलनको आह्वान गर्नेहरू नै निर्णायक समयमा अनुपस्थित थिए, तर अग्रपंक्तिमा नाबालक विद्यार्थी थिए । मुठभेडका क्रममा बालबालिका मारिए, घटना चर्काउने त ति राष्ट्रद्रोही लुसिफरको योजना थियो । सपना नै थियो सिंहदरबार जलाउने । राष्ट्रलाई खरानी बनाउने ।
भदौ २४ गतेका घटनाले त झनै हामी नेपालीलाई गहिरो चोट दिएको छ । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको असन्तुष्टिलाई बहाना बनाई, केही नयाँ तथा पुराना दल, केही कलाकार, सामाजिक अभियन्ता र विदेशहितमा चल्ने शक्तिहरूको मिलेमतोमा, राज्य कै इतिहास बोकेको प्रशासनिक भवन सिंहदरबार, सांसद भवन देखि सर्वोच्च अदालत तथा जिल्लास्थित सरकारी कार्यालय, निजी व्यवसायिक भवनहरु आगजनी, तोडफोड र लुटपाटसम्मका अमर्यादित गतिविधि गरियो । अन्ततः देश राजनीतिक शून्यतामा धकेलियो, जनादेश प्राप्त नेतृत्व अपदस्त भयो, र विदेशमुखी शक्तिले मष्कअयचम मार्फत न्यायलय जलेको देखिरहेको पूर्व न्यायाधीश जेन जी की हजुर आमालाई असंवैधानिक तवरले प्रधानमन्त्री बनाइयो ।
हामी सार्वभौम जनताले बुझ्नैपर्छ नेपालजस्तो भू–राजनीतिक संवेदनशील मुलुकमा सधैं अस्थिरता सिर्जना गर्ने विभिन्न स्वार्थी शक्तिहरू सक्रिय हुन्छन् । इतिहासमै पहिलो पटक दलाइ लामाको राष्ट्र प्रमुखलाई शुभकामना आउनु, TOB Tibetan origin blood, deep state जस्ता यस घटनासँग जोडिएर नाम खुल्दै जानु तथा पछिल्लो समय Indonesia, Myanmar, Bangladesh लाई BRI मा संलग्न हुन नदिई क्ष्लमय Indo Pacific connectivity सँग जोड्न साम्राज्यवादी राष्ट्र अमेरिकाले आफू अनुकूलको सरकार गठन गर्ने सम्मको खेल देखिएको छ । राष्ट्रको खतरा भनेको बाह्य शक्तिको हो । आफ्नो परराष्ट्र नीतिमा चल्नेस्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधिनता सहितको राष्ट्र हो नेपाल, कुनै विदेशी स्वार्थ समुहले नेपाल र नेपाली प्रति आच पु¥याउने दुस्साहस नगर्दा हुन्छ ।
यस परिप्रेक्ष्यमा, तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत भन्नु भएको छ, २३ को घटना व्यक्ति केन्द्रीत नभई निष्पक्ष छानबिन होस् । जो कोही पनि कानून सम्मत दोषी ठहरिन्छ, कारवाही गरियोस् । आदरणीय जनसमुदाय, हामी लाई थाहा नै होला, कोभिड–पछिको अर्थतन्त्रलाई लयमा ल्याउने बागडोर तय गरेको नेकपा एमाले ले थियो । अर्थतन्त्रले लय समाउँदै थियो। चालु आर्थिक वर्षमा ४.६७% आर्थिक वृद्धिको परिकल्पना थियो । तर अराजक गतिविधि, अव्यवस्थित विरोध प्रदर्शन र राजनीतिक अस्थिरताले आज विश्व बैंकले नेपालको वृद्धि २.१% मा झार्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।
सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिको योजना बोकेको थियो । तर अस्थिरता, अराजकतामा रमाउने समूह, कानूनी राज्यलाई कमजोर पार्ने प्रवृत्तिले त्यो यात्रामै अवरोध पु¥याउने खतरा स्पष्ट देखिएको छ । हामीले बुझ्नैपर्छ–नेपालका मिचिका भू–भाग, खासगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयहरू एमालेको राजनीतिक स्वार्थ होइन, सम्पूर्ण नेपाली जनताको अधिकार, गर्व र दायित्वको विषय हो, जसलाई संविधानमा समेट्ने साहसिक र ऐतिहासिक काम नेकपा एमालेको नेतृत्वको सरकारले गरेको थियो ।
प्रिय जेन–जी साथि हो, हामीहरू नै नेपालको भविष्य, हामीहरू नै नेपालको शक्ति हो । हामी शिक्षित छौँ, सचेत छौँ भन्ने प्रमाण आज व्यवहारले दिनुपर्छ । भावनाले होइन–तथ्यले, विवेकले, सम्मेमित भएर भष्ट्रचार को अन्त्य गरी, सुशासन सहितको लोक कल्याणकारी र कानूनी राज्यको सहितको राज्य स्थापना गर्नु पर्दछ । कुनै पनि विदेशी स्वार्थ, अराजक प्रचार गर्ने नशामा रहेर समग्र राष्ट्रको भविष्यमा क्षति पु¥याउने लुसिफरको योजनामा नबहकी म आग्रह गर्दछु । नेकपा एमालेले राष्ट्र, राष्ट्रियता, समृद्धि नेपाल, सुखी नेपाली, समुन्नति, सुशासनको मार्गलाई प्राथमिकता दिएको छ । गरिवीको अन्त्य गरी, नेपाली सार्वभौम जनताको जीवनस्तरमा उकास्ने र राष्ट्रिय विकासको मार्गमा अग्रसर रहेको छ नेकपा एमाले ।
त्यसैले, राष्ट्रद्रोह होइन–राष्ट्रनिर्माण, अराजकता होइन–उत्तरदायित्व, विकृति होइन–विकास, यही मूल्यसहित युवा पुस्ता जेन जी पुस्तालाई स्वागत गर्दछ एमालेले गर्दछ । हामी सबै एउटै लक्ष्यमा एकजुट बनौँ–नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, र संविधान रक्षा निमित्त हामी सबै मिलेर हातेमालो गर्दै समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा अघि बढौं ।
(पौडेल अनेरास्ववियु तनहुँका संयोजक हुन् ।)












