पूर्वआईजीपी सर्वेन्द्र खनाल दल दर्ताको प्रक्रियामा

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर १

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ राजनीतिक पार्टी गठन गर्ने भएका छन् । दल दर्ताको निवेदन लिएर उनको समूह निर्वाचन आयोगमा पुगेको छ ।

खनालले ‘समुन्नत नेपाल पार्टी’ नाममा दल दर्ता गर्न लागेका हुन् । यो पार्टीको अध्यक्ष उनी आफैं रहनेछन् । आइतबार नै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो । सोमबार खनाल स्वयम् गएर निवेदन संसोधन गर्दै अध्यक्षमा आफ्नो नाम राखेका हुन् ।

उक्त दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । महासचिवमा बालकृष्ण पण्डितको नाम छ । आफ्नो पार्टीलाई पूर्व सुरक्षाअधिकारीहरुको ठूलो समूहले साथ दिने खनालले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण