ब्याडमिन्टन प्रतियोगितामा प्रदिपको समूह विजयी

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १

तनहुँका युवाहरूमा यतिवेला ब्याडमिन्टन खेलप्रति निकै आक्रषण वढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागन्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद वजार, म्याग्दे गाउँ पालिकाको थर्पु, थयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल वनेपछि खेलखेल्न युवाहरूको आकर्षण बढेको हो ।

तनहुँका स्थानिय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले घाम, पानी, हावा तथा अन्य समयमा पनि यस खेल खेल्न सकिने हुँदा युवाहरु ब्याडमिन्टन प्रति आकर्षित भएको व्यासनगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारी बताउँछन् ।

दमौलीमा युवा खेलाडी नरेन्द्र कुमार श्रेष्ठले आफ्नो हजुरवुवाको सम्झनामा स्वर्गीय मणीसुन्दर श्रेष्ठ स्मृति कप ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्दा ७६ टिमले सहभागिता जनाएका थिए । तनहुँको बाह्रबिसे युवा क्लवको आयोजनामा यहि कार्तिक २८ र २९ गते दमौलीमा सप्पन्न स्व. मणीसुन्दर स्मृति तनहँु कप–२०८२ मा डी लेभल तर्फ ५७ टिम मध्येवाट दमौलीका प्रदिप न्यौपाने र सुर्य वहादुर क्षेत्रिले प्रथम स्थान हात पार्न सफल भएका थिए ।

प्रथम हुने टिमलाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेक वहादुर कार्कीले नगद २० हजार, प्रमाणपत्र, ट्रफि र मेडल प्रदान गरेका थिए । त्यस्तै, प्रतियोगितामा बी लेवलको खेलमा २७ टिमले सहभागीता जनाएकोमा भिमादका सरोज गुरुङ र सुरज रानाको टिमले प्रथम उपाधि हात पारेको छ । रानाको टिमले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

यसरी तनहुँ जिल्लामा ब्याडमिन्टन खेलको आयोजना गर्दा यति धेरै सख्यामा जिल्लाका मात्र टिमले भाग लिएको यो पहिलो खेल रहेको खेलाडी रामकृष्ण क्षेत्रीले बताए । स्थानिय तहले खेलाउनु पर्ने खेल व्याक्तिले खेलाएर जिल्लाका खेलाडीको प्रतिभा परिक्षण गरेकोमा खेलाडी तथा ग्रीनडेभलपमेन्ट बैंक दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय