तनहुँ । मंसिर १
व्यास नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपती रनिङसिल्ड विद्यालयस्तरीय खेलकुँद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । व्यास नपा–१ स्थित निर्मल माविको खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिताको गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।



व्यास नगरपालिका खेलकुँद समितिका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष जिवन गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले, निर्मल मावि प्रअ गणेशचन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राखोक थिए ।
प्रतियोगिता मंगलबारसम्म चल्नेछ । प्रतियोगितामा विभिन्न बिधामा खेलहरु सन्चालन हुनेछ ।












