आबुँखैरेनीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामशाह माविलाई

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १

आँबुखैरेनी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि रामशाह माविले जितेको छ । आँबुखैरेनी–२, मार्कीचोकस्थित रंगशाला र रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित उक्त प्रतियोगितामा रामशाह माविले १७ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै मित्रता माविले ५ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित दोस्रो स्थान, भने फ्यूचर स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा गाउँपालिकाका पाँच सामुदायिक र पाँच संस्थागत गरी १० विद्यालयको सहभागिता रहेको थियो । २८ विधामा सम्पन्न प्रतियोगितामा एथलेटिक्सका सम्पूर्ण विधा रंगशालामा, भने भलिबल प्रतियोगिता रामशाह माध्यमिक विद्यालयमा सञ्चालन गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् ।

समापन समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले खेलकुदले स्वास्थ्य मात्र होइन, युवापुस्तामा अनुशासन, सहकार्य र राष्ट्रिय चेतना अभिवृद्धि गर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने र गाउँपालिका स्तरमै खेलकुद प्रवद्र्धनमा जोड दिने बताए । मंसिरको अन्तिम साता आँबुखैरेनी रंगशालामा विद्यालय स्तरीय फुटबल प्रतियोगिता र वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने अध्यक्ष चुमानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ