घिरिङको राष्ट्रपती रनिङ सिल्डको उपाधी चन्द्रज्योती माविलाई

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १

घिरिङ गाउँपालिकाद्वारा आयोजित ७ औँ राष्ट्रपति रनिङ–शिल्ड अन्तरविद्यालयीय खेलकुद प्रतियोगितामा चन्द्र ज्योती माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा चन्द्रज्योतीले ९ स्वर्ण, ८ रजत र २ कास्य गरी कुल १९ पदक प्राप्त गरेको हो ।

त्यसैगरी महेन्द्रज्योती माविले ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक लिएर द्वित्तीय स्थान प्राप्त ग¥यो भने कृष्ण माविले ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित १७ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल ग¥यो । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यालयहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै कर्मचारी र शिक्षक कर्मचारी बिच मैत्रीपर्ण खेलमा कर्मचारी टिमले जितेको हासिल गरेको छ । बिजयी टिमले नगद १० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्रप्त गरे ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता महेन्द्र ज्योती मावि गडौलिटार र गाउँपालिकाका खेलमैदानमा आयोजना गरिएको थियो । प्रतियोगितामा ७ विद्यालयका विद्यार्थी–खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए । भलिबल खेलमा विद्यागत छात्रा तर्फ बेष्ट प्लेयर चन्द्रज्योती की मनिसा श्रेष्ठ, छात्र तर्फ कृष्ण माविका सुजन सनार भए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउँदै विद्यालयस्तरमै प्रतिभा पहिचान र विकासका लागि निरन्तर सहयोग रहने बताए । गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारीले विजयी खेलाडीहरूले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म उत्कृष्टता देखाउने विश्वास व्यक्त गरिन् ।

वडा नम्बर ३ का वडाअध्यक्ष तहल सिं थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष रन बहादुर राना, पुर्व उपाध्यक्ष सरस्वती सिग्देल, नेकपा एमालेका विष्णुभक्त सिग्देल लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न माध्यमिक विद्यालयका प्रअहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको शिक्षा गाउँपालिकाका शाखा तथा खेलकुँद शाखाका प्रमुख कृष्णप्रसाद सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक