सरकारले जेन–जी आन्दोलनका २४ सय २९ घाइतेलाई जनही १५ हजार राहत दिने

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर २

मन्त्रिपरिषद्को बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैया तत्काल राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

यस्तै, बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उहाले बताए ।

मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण