एनपिएलमा चितवन र बिराटनगर बिजयी

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर २

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज र बिराटनगर किङ्स बिजयी भएका छन् ।

चितवन र कर्णाली याक्सविच भएको पहिलो खेलमा चितवन चार विकेटले विजयी भएको हो । कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो । चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए । कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स उडले २० र मार्क वाटले १६ रन बनाएको थियो । चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट लिएका थिए ।

यसैगरि बिराटनगर किङ्स र पोखरा एभेन्जर्स विच भएको दोश्रो खेलमा बिराटनगर ५३ रनले बिजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले पोखरालाई २२१ रनको उच्च लक्ष्य दिएको थियो । टि ट्वान्टी एनपिएलमा बिराटनगरले पोखरालाई दिएको लक्ष्य हालसम्मकै सबैभन्दा बढि हो ।

विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा बसिर अहमद र सूर्य तामाङले एक/एक विकेट लिए ।

विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे । बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक