म्याग्दे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २

म्याग्दे गाउँपालिकाको आयोजनामा सातौं राष्ट्रपति रनिङसिल्ड विद्यालय स्तरीय खेलकुँद प्रतियोगिता मंगलबार सुरु भएको छ । म्याग्दे गाउँपालिका–२ दम्सेरामा आयोजित उक्त प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

बुधबारसम्म चल्ने उक्त प्रतियोगितामा म्याग्दे गाउँपालिकामा रहेका मावि स्तरीय सामुदायिक तथा नीजि विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न बिधामा प्रतिश्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो