म्याग्दे गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगितामा राधा मावि प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ४

म्याग्दे गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८२ को उपाधी वडा नम्बर २ स्थित राधा माविले जितेको छ । गत मंगलबारदेखी आयोजित उक्त प्रतियोगितामा राधा माविले ११ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै जनगणपती माविले ८ स्वर्ण, ७ रजत र ९ कास्य पदकसहित द्वित्तीय स्थान प्राप्त गर्न सफल भयो भने मिन माविले ५ स्वर्ण, ८ रजत र ९ कास्य पदकसहित तृतीय स्थान हासिल गरेको छ ।

राधा माविको खेल मैदानमा आयोजित उक्त प्रतियोगिताका बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि