व्यास नगरपालिकाको कार्यपालिका बैठकः विभिन्न निर्णय

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ७

व्यास नगरपालिकाको २२६ औं कार्यपालिका बैठक आइतबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बस्यो । उक्त बैठकले विभिन्न निर्णयहरु गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले शुक्रबार व्यास नगरपालिका मुख्य कार्यालयको प्राङ्गणमा भएको प्रथम सार्वजनिक सुनवाईको समीक्षा गर्दै सुनुवाईको व्यवस्थापनमा सुधार गर्नुपर्ने र आम नगरवासीले उठाएका सुझावहरुलाई कार्यान्वयन गर्न प्रतिवद्धता जारी गर्ने निर्णय गरेको छ । त्यस्तै नगरपालिकामा भूमि बैंक स्थापना गर्नका लागि हालसालै संशोधित भूमि सम्बन्त्री नियमावली २०८२ अनुसार नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

व्यास नगरपालिकाको कुल आय २२ प्रतिशत भई भौतिक प्रगति २८.६२ प्रतिशत भएको र चालुतर्फ २७.६८ प्रतिशत तथा पुजीगत तर्फ ६.४२ प्रतिशत प्रगती भएको वैठकमा जानकारी प्राप्त गरी आय र खर्च व्यवस्थापनमा सम्वनन्धित सवै सकृय रहने निर्णय गरिएको छ ।

बैठकले आगामी मंसिर ९ गते देखि २४ गते सम्म हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सन्चालन गर्ने निर्णय गर्दै अभियानको पहिलो दिन मंसिर ९ गते ११ः०० बजे उद्घाटन र २४ गते समापन कार्यक्रम दमौलीमा गर्ने निर्णय गरेको छ । अभियान अन्तर्गत मंसिर १० देखि २३ गते सम्म सबै वडाहरुमा वडा समितिले तोकेको मितिमा कार्यक्रम गर्ने गरि उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा नगर कार्यपालिकाका र नगर सभाका सबै महिला सदस्यहरु रहने गरी समिति गठन गर्ने निर्णय गरिएको छ । साथै मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा मनाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले व्यास नगरपालिका उर्जा विकास उप–समिति गठन तथा सञ्चालन कार्यविधि–२०८२ पारित गरि उक्त उप–समिति वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खलेको संयोजकत्वमा ५ सदस्यीय उप–समिति गठन गर्ने निर्णय गरेको छ । साथै व्यास नपा–५ भागर क्षेत्रको ढुंगा, गिटी वालुवा उत्खनन् सम्बन्धि वातावरणीय अध्ययन प्रतिवेदन सुझाव सहित पारित गर्ने निर्णय पनि गरिएको छ ।

तनहुँ विद्युत परियोजना अन्तरगत् विद्युत प्रसारण लाइन रहने प्रभावित वडाहरु १, १२, १३ र १४ मा उद्यमशिलता तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ । व्यास नगरपालिकावाट विद्युतिय वोलपत्रवाट आवहान् भएका विभिन्न ६ वटा ठेक्काहरु स्वीकृत गर्ने निर्णय गरिएको जनाईएको छ । नेपाल सरकारले हालसालै जारी गरेको राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण (दोस्रो संसोधन) नियमावली अनुसार सबै वडा समितिलाई संसोधित नियमावली अनुसार गर्नु गराउनुहुन निर्देशन दिने निर्णय गरेको छ ।

व्यास नगरपालिकाको ४४ औं नगरसभा पुस २५ गते शुक्रवार दमौलीमा गर्ने तथा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंसिर १८ देखि १९ गते सम्म भिमादमा हुने भएकाले यस नगरपालिकाका विद्यालयहरुको आन्तरिक परिक्षा मंसिर २१ गते देखि प्रारम्भ गर्ने व्यवस्था मिलाउन नगर शिक्षा शाखालाई निर्देशन दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष शुरेश थापाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय