घिरिङमा मनाईयो सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १९

२२ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रबार घिरिङ गाउँपालिकाको आयोजनामा महिला स्वयंसेविकाहरुलाई सम्मान तथा वडा स्तरीय हाजिरि जवाफ प्रतियोगिता आयोजना गरियो ।

घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेवि अधिकारीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापाले पनि मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमाल, वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णुवीर आले, कार्यपालिका सदस्यहरु पार्बती बिक, इश्वरी श्रेष्ठ र टोप बहादुर रामदाम तथा स्वास्थ्य सस्था प्रमुखहरु र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा घिरिङ गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुबिन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

हाजिरी जवाफ प्रतियोगितामा वडा नम्बर २ को स्वयम् सेविका टोली प्रथम, वडा नम्बर ३ को स्वयम् सेविका टोली द्वित्तिय र वडा नम्बर ५ को स्वयम सेविका टोलीले तृतीय स्थान तथा वडा नम्बर १ र ४ को टोलीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा बिजयी हुने टोलीलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गाउँपालिकाका अध्यक्ष थापाले प्रदान गरेका थिए ।

कार्यक्रममा घिरिङ गाउँपालिका वडा नम्बर ३ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका लक्ष्मी थापालाई उमेर हदको कारण सम्मान सहित बिदाई गरिएको थियो । उनलाई प्रोत्साहन स्वरुप नगद ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको