गण्डकी प्रदेशस्तरीय विद्यालय यु–१६ छात्र फुटबलको उपाधी तालवेशी माविलाई

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २१

नेपाल पुलिस स्कुलले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय यु–१६ छात्र फुटबलको उपाधी तालवेशी माविले जितेको छ । आइतबार भएको फाइनल खेलमा ज्ञानबगैचा इङलिस बोर्डिङ स्कुललाई १–० को अन्तरले तालवेशीले उपाधी हात पारेको हो । विजेता तालवेशीले ५० हजार र उपविजेता ज्ञान बगैचाले २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

नेपाल पुलिस स्कुलको आयोजनामा बेलचौतारामा आयोजित सेमिफाइनलमा शनिबार ज्ञान बगैचाले ३–२ को अन्तरले अमर भुपु सैनिक र तालवेशीले टाइब्रेकरमा ५–४ को गोलले नेपाल पुलिस स्कुललाई पराजित गरेका थिए । मीन माविलाई पराजित गर्दैै तालवेसी सेमिफाइनल पुगेको हो भने नेपाल आदर्शलाई ३–२ गोल अन्तरले हराउदै आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको थियो ।

नकआउट प्रणालीमा भएको उक्त प्रतियोगितामा तनहुँ र कास्कीबाट १६ विद्यालयको सहभागिता रहेको खेल संयोजक एवं शिक्षक लेखमान श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजार, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही २ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल पुलिस स्कुलका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल