तनहुँ । मंसिर २१
नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदबारका आकांक्षीहरुको नाम संकलन गरेको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटिले प्रतक्ष्य र समानुपातिक तर्फ उम्मेदबार बन्न चाहानेहरुको नाम संकलन गरेको हो ।



तनहुँमा दुबै निर्वाचन क्षेत्रीय कमिटिले विस्तारित बैठक मार्फत प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदबारहरुको नाम संकलन गरेको छ । जस अनुसार क्षेत्र नम्बर १ मा प्रतक्ष्य तर्फ १० जना र समानुपातिक तर्फ १२ जनाले उम्मेदबार बन्न चाहेको भन्दै आफ्नो दर्ता गरेका छन् । त्यसैगरि क्षेत्र नम्बर २ मा प्रतक्ष्य तर्फ ५ जना र समानुपातिक तर्फ २ जनाले उम्मेदबारको रुपमा आकांक्षा प्रस्तुत गरेका छन् ।
क्षेत्र नम्बर १ मा प्रतक्ष्य तर्फ उम्मेदबार बन्न चाहानेहरुमा केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई पनि रहेका छन् । त्यसैगरि रेशम गुरुङ, डा.जगदिशचन्द्र पोख्रेल, उदयराज गौली, उद्धव पौडेल, दिपक भट्टराई, सरिता गुरुङ, रामचन्द्र पोख्रेल र सरकारी शिक्षक रमेशबाबु भट्टराई रहेका छन् । त्यसैगरि समानुपातिक तर्फ पबित्रा पौडेल, चिनु पोख्रेल, यमुना बिक, हरिदत्त पौडेल, ओझराज पौडेल, डोवाटे बिक, प्रकाश पन्थ, गोविन्द ढकाल, समुन्द्र गोदार, साहिदा खातुन, चिजा श्रेष्ठ र एलिजा ढकालले आकांक्षा प्रस्तुत गरेका छन् ।
त्यसैगरि क्षेत्र नम्बरमा २ जना प्रतक्ष्यतर्फ केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेल पनि रहेका छन् । त्यसैगरि चुडामणी खनाल, चाम थापा र पुष्प पराजुली तथा समानुपातिक तर्फ माया राना र इन्दिरा खनालले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्रीय समितिले उम्मेदबारका आकांक्षीहरु विच छलफल गराई मंसिर २४ गते जिल्ला कार्यसमितिलाई आकांक्षीहरुको नाम सिफारिस गर्नेछ । जिल्ला कार्य समितिले प्रदेश समिति र प्रदेशले केन्द्रीय समितिमा नाम सिफारिस गरि केन्द्रीय समितिले उम्मेदबार चयन गर्ने बताईएको छ ।












