एमालेबाट जितेका भिमाद नपा–७ का वडा अध्यक्ष श्रेष्ठ दुर्गा प्रसाईको अभियानमा सामेल

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

भिमाद नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले दुर्गा प्रसाईको अभियानमा सामेल भएका छन् । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले सोमबार दुर्गा प्रसाईलाई भेटी प्रसाईको राष्ट्र, राष्ट्रियता बचाउ महाअभियानमा सामेल भएको घोषणा गरेका हुन् ।

श्रेष्ठलाई आफ्नो अभियानमा सामेल गराउँदै संयोजक प्रसाईले कम्युनिष्टहरुले भुईमान्छेको आवाज उठाउन छाडेपछि जनप्रतिनिधिहरु नै आफ्नो अभियानमा सामेल भएको बताए । प्रसाईले चाँडै तनहुँ जिल्लामा कार्यक्रम गरि अभियानको घोषणा गर्ने बताए ।

सो अवसरमा श्रेष्ठले आफु कम्युनिष्ट पार्टीबाट निर्वाचित वडा अध्यक्ष भएपनि कम्युनिष्ट पार्टीले जनताको पक्षमा आवाज उठाउन छाडेपछि दुर्गा प्रसाईको अभियानमा सामेल भएको बताए । देश जोगाउनको निमित्त दुर्गा प्रसाईलाई रोजेको श्रेष्ठले बताए ।

श्रेष्ठ केही अघि सहकारी सम्बन्धी मुद्धामा केही दिन हिरासतमा बसी धरौटीमा रिहा भएका थिए । उक्त अवसरमा दुर्गा प्रसाईको अभियानका तनहुँ जिल्ला संयोजक जिवन शाहीको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध