काठमाडौं । मंसिर २८
नेकपा एमालेको केन्द्रीय कमिटि ३०१ सदस्यिय हुने भएको छ । काठमाडौंमा जारी एघारौं महाधिवेशनको बन्द सत्रमा प्रस्तुत भएको संशोधित विधान अनुसार ३०१ सदस्यिय केन्द्रीय कमिटि हुने भएको हो ।



एमालेमा पदाधिकारी १९ जना हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् । केन्द्रीय सदस्यहरुमा प्रदेश प्रतिनिधित्व उपत्यका सहित सबै ८ प्रदेशबाट ७२ जना निर्वाचित हुनेछन् । जसमा खुल्ला ५, महिला ३ र युवा १ जना, खुल्ला कोटा १२५ जना हुनेछ । जसमा खुल्ला ७१, महिला ५२ र युवा २ जना, आदिवासी÷आदिवासी २५ जना, जसमा खुल्ला १५, महिला ८, र युवा २ जना हुनेछन् ।
त्यसैगरि मधेसी १९ जना हुनेछन् । जसमा खुल्ला ११, महिला ६ र युवा २ जना, प्रवास बाट २ जना हुनेछन् । जसमा भारतबाट १ र अन्य देशबाट १ जना, श्रमिक ३ जना मध्येमा खुल्ला २ र महिला १ जना, अपाङ्गता भएका व्यक्ति मध्येबाट १ जना, दलित १२ जना हुनेछन् । जसमा खुल्ला ७, महिला ४ र युवा १ जना, थारु ८ जना हुनेछन्, जसमा खुल्ला ५ र महिला ३, मुस्लिम ५ जना मध्ये खुल्ला ४ र महिला १, पिछडिएको क्षेत्र २ जना मध्ये खुल्ला १ र महिला १ तथा सम्पर्क समन्वय कमिटिबाट २ जना मध्ये खुल्ला १ र महिला १ जना हुनेछन् ।

नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ । निर्वाचन आयोगका प्रमुख डा.विजय सुब्बाले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन मंसिर २९ गते सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुने र मतदान पर्सि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ । मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए ।












