तनहुँमा मन्त्री घिसिङः विभिन्न विकास योजनाहरुको निरिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २८

भौतिक पुर्वाधार तथा यातयात, उर्जा तथा जलश्रोत एवं शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार तनहुँका विभिन्न विकास योजना निरिक्षण गरेका छन् । पोखरा हुँदै तनहुँका आएका मन्त्री घिसिङले शुक्लागन्डकी, भिमाद र व्यास नगरपालिकामा विभिन्न विकासका योजनाहरुको निरिक्षण गरे ।

मन्त्री घिसिङलाई शुक्लागण्डकी नगर सभा हलमा स्वागत गर्दै स्थानीय बासिन्दाले त्यस क्षेत्रको विभिन्न योजनाहरुको बारेमा जानकारी गराएका थिए । साथै विभिन्न योजनामा बजेट माग समेत गरेका थिए । त्यसैगरि मन्त्री घिसिङले जिपि कोइराला स्वासप्रस्वास केन्द्रको निरिक्षण समेत गरेका थिए । सो अवसरमा उनले अस्पतालको भवन निर्माणको लागि सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरि मन्त्री घिसिङले भिमाद बजारमा स्थानीयहरुसँग भेटघाट तथा श्रृङ्गमार्गको अनुगमन गरेका थिए । मुद्धा मामिला तथा अन्य विविध कारणले लामो समयदेखी अबरुद्ध रहेको श्रृङ्गमार्गको स्तरोन्नती गर्न मन्त्री घिसिङ समक्ष भिमाद, ऋषिङ र घिरिङका जनप्रतिनिधि सहितले माग गरेका थिए ।

मन्त्री घिसिङले आइतबार दिउँसो पृथ्वीराजमार्गको दमौलीमा निर्माणाधिन मादी नदीको पुलको निरिक्षण गरेका थिए । पुल निरिक्षण पछि सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा उनले विकास निर्माणको काममा कुनै आलटाल गर्न नहुने बताए । काम नभएका योजनाहरुको ठेक्का रद्ध गर्ने र नयाँ ठेक्का लगाउने मन्त्री घिसिङले बताए । उर्जा मन्त्री समेत रहेका घिसिङले तनहुँ जलविद्युत योजनाको शेयर तनहुँ जिल्लाबासीलाई दिने प्रतिबद्धता समेत जनाएका थिए ।

उक्त अवसरमा मन्त्री घिसिङलाई बुद्धसिंह मार्गको स्तरोन्नती, घुमाउनेको पुलको निर्माण, देवघाटको कालिकाटारको सिंचाई योजना, ढोडेनी र देवघाट जोड्न कालिगन्डकी नदीमा मोटरेवल पुलको निर्माण लगायतका विषयमा जनप्रतिनिधि र उपभोक्ताहरुले ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी