उज्यालो नेपाल पार्टीको गन्डकी प्रदेश संयोजकमा मनराज

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २९

उज्यालो नेपाल पार्टीले गण्डकी प्रदेश संयोजकको जिम्मेवारी तनहुँका मनराज गुरुङलाई दिएको छ । गुरुङले सोमबार उक्त पार्टीको प्रदेश संयोजकको जिम्मेवारी पाएका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का पूर्ववडाध्यक्ष रहेका मनराजले मंसिर १६ गते मात्रै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका थिए । उनी तत्कालिन नेकपा माओवादी केन्द्रको गन्डकी प्रदेश कमिटिको सदस्यको जिम्मेबारी थिए । उक्त जिम्मेबारी सहित पार्टीको साधारण सदस्य परित्याग गरि गुरुङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए ।

जेन–जी आन्दोलनमा उठाएका युवाहरुको मुद्वामा पार्टीको भूमिका र नेतृत्व परिवर्तनमा आवाज उठाइरहेका उनी १६ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि झनै असन्तुष्ट भए ।

उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले शनिबार गण्डकी भेला गरेको थियो । आइतबार मन्त्री घिसिङ तनहुँका विभिन्न कार्यक्रममा सरिक भए । मन्त्री घिसिङको तनहुँको सम्पुर्ण कार्यक्रमको संयोजन गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ