रास्वपाको व्यास नगर अन्तर्गतका वडाहरुको अधिवेशन बुधबारबाट सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

राष्ट्रिय स्वतन्त्र पार्टीको व्यास नगर अन्तर्गतका विभिन्न वडाहरुको अधिवेशन बुधबारबाट सुरु हुने भएको छ । रास्वपा व्यास नगर समितिका अध्यक्ष चुडामणी दाहालले सुचना प्रकाशन गरि वडा अधिवेशनको मिति सार्वजानिक गरेका हुन् ।

जस अनुसार पुस २ गते बुधबार व्यास नपा १३ को वडा अधिवेशन बेनीकोटमा हुने भएको छ । उक्त अधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डा.स्वर्णिम वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरि अन्य कार्यक्रमहरुमा पुस ३ गते वडा नम्बर ३ को अधिवेशन सन्तोष होटल दमौलीमा, पुस ५ गते वडा नम्बर १ को अधिवेशन स्वामी चौतार हाईस्कुलटारमा, पुस १० गते वडा नम्बर ५ को अधिवेशन पिपलटार बाख्रे जाने चोकमा, पुस १२ गते वडा नम्बर ४ को अधिवेशन पावर हाउस पछाडी दरै भवनमा हुने भएको छ ।

अध्यक्ष दाहालका अनुसार पुस १९ गते वडा नम्बर ११ को अधिवेशन वडा कार्यालय नजिक जामुनेटोलमा, पुस २२ गते वडा नम्बर ३ को अधिवेशन पार्टी कार्यालयमा, पुस २६ गते वडा नम्बर ८ को अधिवेशन बर्लाचीमा, पुस २७ गते वडा नम्बर १४ को अधिवेशन केशवटारमा र पुस २९ गते वडा नम्बर ६ को अधिवेशन सिसाघाटमा हुने तय भएको छ । बाँकी रहेका अन्य वडाहरुमा पनि चाँडै नै मिति सार्वजानिक गरिने र सबै वडाहरुको अधिवेशन पश्चात नगर समितिको अधिवेशन गरिने अध्यक्ष दाहालले बताए ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै संगठनलाई थप सबल बनाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको नगर सभापती दाहालले बताए । नगर अधिवेशनमार्फत नेतृत्व चयनसँगै संगठनात्मक संरचना मजबुत बनाउने र आगामी राजनीतिक गतिविधिका लागि स्पष्ट दिशा तय गर्ने दाहालले बताए ।

अध्यक्ष दाहालले वडा अधिवेशनमा सबै नगर सदस्य, प्रतिनिधि तथा सरोकारवालालाई कार्यतालिका अनुसार समयमै उपस्थित भई अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता