माहेन्द्री माविमा लायन्स आकस्मिक उपचार कक्ष निर्माण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

व्यास नपा–९ गजौंडे स्थित माहेन्द्री माविमा आकस्मिक उपचार कक्ष निर्माण गरिएको छ । नेपाल लान्यस फाउन्डेशनबाट प्राप्त रकम तथा तनहुँ सत्यवती लायन्स क्लले संकलन गरेको रकमबाट उक्त आकस्किम उपचार कक्ष निर्माण गरिएको हो ।

उक्त आकस्मिक उपचार कक्ष विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ का चिफ एड्भाईजर चुडामणी दाहालले जानकारी दिए ।

लायन्स क्लवका चिफ एड्भाइजर चूडामणी दाहाल, व्यास नपा–९ का वडा अध्यक्ष सुरेश थापा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संयुक्त रुपमा उक्त लायन्स आकस्मिक उपचार कक्षको उ्द्घाटन गरेका थिए ।

उक्त अवसरमा व्यास नपा ३ दमौलीमा रहेको नेशनल एपोलो हस्पिटलका डाक्टर निश्चल न्यौपानेद्वारा स्वास्थ्य परिक्षण गरि उक्त उपचार कक्षको शुभारम्भ समेत गरिएको थियो ।

सो कार्यक्रममा तनहुँ सत्यवती लायन्स क्लवका अध्यक्ष सीता बैद्य, जोन चेयरपर्सन पबित्रा खनाल, क्लवका पुर्ब अध्यक्षहरु बिमला सैजु, रामशोभा श्रेष्ठ, राधिका परियार, प्रथम उपाध्यक्ष गिता श्रेष्ठ, कोषाध्यक्ष सुनिता चन्द लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक