उचित मुआब्जाको माग गर्दै बेलबास बचाउ सरोकार समितिद्वारा तनहुँ जलविद्युत आयोजनाको कार्यालय घेराउ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २

उचित मुआब्जाको माग गर्दै बेलबास बचाउ सरोकार समितिले बुधबार तनहुँ जलविद्युत आयोजनाको कार्यालय घेराउ गरेका छन् । तनहुँ जलविद्युत आयोजनाको कारण व्यास नपा १३ को बेलबास संकटमा परेको भन्दै त्यसको उचित क्षतीपुर्ती र मुआब्जा उपलब्ध गराउनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा बेलबासबासीहरुले विहिबार ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको तनहुँ जलविद्युत आयोजनाको मुख्य कार्यालय घेराउ गरेका हुन् ।

बेलबासबासबाट मुखमा कालो मास्क लगाई मौन जुलुसमा आयोजनाको कार्यालय पुगेका बेलबासका बासिन्दाहरुले आयोजनाका नयाँ प्रमुख कार्यकारी अधिकृत र आयोजना प्रमुखसँग भेटघाट गर्न पाउनुपर्ने माग गरेका थिए । प्रमुख कार्यकारी अधिकृत र आयोजना प्रमुख काठमाडौं गएको कारण बेलबासबासीहरुसँग भने भेट भएन ।

तनहुँ जलविद्युत आयोजनाको कारण बेलबास डुबानमा पर्ने सरोकार समितिका सदस्य मेघनाथ आचार्यले बताए । एसियाली विकास बैंकको विस्तृत अध्ययन प्रतिबेदनमा आयोजना सन्चालनमा आएपछि बेलबास डुबानमा पर्ने औंल्याईएको छ । प्रतिबेदनमा बेलबासको अस्तित्व संकटमा पर्ने देखाएपनि आयोजनाले बेलबासबासीलाई मुआब्जा दिन आलटाल गरेको आचार्यले बताए । आयोजनाले बेलबासबासीलाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग राखिएको आचार्यले बताए ।

आयोजनाको कार्यालय सुरक्षाकोलागि बनाईएको तटबन्धको कारण सेती नदीको धार बेलबास तर्फ सोझिएको कारण बेलबासको बस्ती उच्च जोखिममा पर्ने भएको छ । भविष्यमा मादी नदीमा आउने बाढीले बेलबास बगाउने सम्भावना भएको कारण बेलबासको सम्पुर्ण बस्तीलाई अन्यत्र सार्नु पर्ने हुँदा त्यहाँका बासिन्दालाई उचित मुआब्जा दिनुपर्ने सरोकार समितिका सदस्य आचार्यले बताए ।

केही दिन अघि तनहुँ आएका उर्जा तथा जलश्रोत मन्त्री कुलमान घिसिङ समक्ष सरोकार समितिका संयोजक यामबहादुर आलेले बेलाबासको बस्ती जोखिममा पर्ने बारेमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू