हिसान तनहुँको अध्यक्षमा कार्की

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन भएका छन् । बुधबार दमौलीमा सम्पन्न संघको प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल चयन भएका छन् । सदस्यहरूमा इन्जिनियर तारा भट्टराई, परशुराम अधिकारी र गोविन्दप्रसाद खनाल रहेका छन् । त्यस्तै सल्लाहकारमा तिलनाथ काफ्ले, पूर्ण थापा र प्रकाश खड्का चयन भएका छन् ।

उक्त अधिवेशनको हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्दै पन्तले निजी शिक्षण संस्थाले गुणस्तरीय शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने बताए । ‘शिक्षा केवल व्यापार होइन, यो राष्ट्र निर्माणको मेरुदण्ड हो’, उनले भने ‘हिसानले निजी विद्यालय र कलेजलाई एउटै मञ्चमा बाँधेर शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

कार्यक्रममा नव निर्वाचित कार्य समितिलाई केन्द्रीय उपाध्यक्ष पन्त, गण्डकी प्रदेश अध्यक्ष डा.रामजी शर्मा तथा वाराही कलेजका डाइरेक्टर शंकर नारायण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । नव निर्वाचित अध्यक्ष कार्कीले तनहुँमा शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सहकार्य र शिक्षक–विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक