एमालेको अध्यक्षमा ओली र महासचिवमा पोख्रेल, तनहुँका गुरुङ, सिग्देल, न्यौपाने र श्रेष्ठ केन्द्रीय सदस्यमा बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ३

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः बिजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष पदमा अत्याधिक मतले बिजयी भएका हुन् । नयाँ नेतृत्वकोलागि भएको निर्वाचनमा ओलीले १६६३ मत पाएका थिए । अध्यक्षका प्रत्यासी बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले ५६४ मत पाएका थिए ।

यसैगरि पाँच उपाध्यक्षहरुमा पृथ्विसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । महासचिवमा पुनः शंकर पोख्रेल निर्वाचित भएका छन् । पोख्रेलले १२२८ मत पाएका थिए भने महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका थिए ।

यसैगरि तिन उपमहासचिवमा लेखराज भट्ट, रघुबिर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । त्यस्तै नौ सचिवमा महेश बस्तेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी यामलाल कडेंल, डा. राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य तर्फ गन्डकी प्रदेशबाट हरिकृष्ण श्रेष्ठ, कृष्णबहादुर थापा, तिलकबहादुर महत, केदार सिग्देल, रामशरण बस्नेत, नवराज ओझा, कल्पना चापागाँई, सिमाकुमारी क्षेत्री र मन्जु शर्मा चालिसे बिजयी भएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदबार रहेका तनहुँका चार जना निर्वाचित भएका छन् । तनहुँका ८ जनाले केन्द्रीय सदस्यमा उम्मेदबारी दिएकोमा चार जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा किरण गुरुङ (१६२७), केदार सिग्देल (१४९७), भगवती न्यौपाने (१८७३) र कृष्णकुमार श्रेष्ठ किसान (१५६०) बिजयी भएका छन् । बिजयी चारै जना अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदबार भएका थिए । गुरुङ र श्रेष्ठले खुल्ला तर्फको मतमा सर्वाधिक लोकप्रिय चौंथो र पाँचौ मत प्राप्त गर्न सफल भएका छन् । न्यौपाने महिला खुला तर्फबाट र सिग्देल गन्डकी प्रदेशको भुगोलबाट निर्वाचित भएका हुन् ।

यस्तै तनहुँका अन्य चार जना पराजित भएका छन् । खुल्ला महिला क्षेत्रबाट उम्मेदवार भएकी सोभा गुरुङ (१४४२), आदिवासी जनजाती क्षेत्रबाट उम्मेदवार बनेका पुर्णबहादुर गुरुङ (८३१), प्रतापलाल श्रेष्ठ (५२२) र गन्डकी प्रदेशको भुगोलबाट उम्मेदबार बनेका विष्णुभक्त सिग्देल (७३८) पराजित भएका छन् । उनीहरु सबै ईश्वर पोख्रेलको प्यानलबाट उम्मेदवार बनेका थिए ।

यसैगरि एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यमा तनहुँकै शान्तीदेवी खनाल (१९७०) र परितोष पौडेल (१७५०) मत पाई बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू