रास्वपाको समानुपातिक प्रणालीको प्रराम्भिक सुचीमा तनहुँका चार जना

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । उक्त नामावलीमा तनहुँ जिल्लाबाट चार जनाको नाम समावेश भएको छ ।

उक्त प्रराम्भिक सुचीमा केही महिना अघि नेकपा एमाले परित्याग गरि रास्वपा प्रवेश गरेका नुरमहोम्मद मियाँ मुस्लिम समुदायबाट, आदिवासी जनजाती समुदायबाट डुम्रेका व्यवसायी मानकाजी श्रेष्ठ तथा दलित समुदायबाट बुद्धिबहादुर पन्त र किशोर गन्धर्व समावेश भएका छन् ।

पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते सातै प्रदेशमा भएको छ ।

उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।

यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल