परमानन्द संस्कृत गुरुकुलको कक्ष निर्माणकोलागि २५ लाख प्रदान

Devghat Online

शेयर गरौ

देवघाट । पुस ४

देवघाट गाउँपालिका–५ स्थित हरिहर संन्यास आश्रमद्वारा सन्चालित श्री परमानन्द संस्कृत गुरुकुलम् बिद्यापीठको एक कक्ष निर्माणको लागि चितवनको भरतपुर–९ सदरपुरका डिल्ली प्रसाद कडेंलको परिवारले २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

स्व.पिता टिकाराम (पिताम्बर) स्व.माता खगिसरा कंडेल एवम् समस्त पितृहरूको पूण्य स्मृतीमा भरतपुर–९, शरदपुर, दुर्गाटोल निवासी डिल्ली प्रसाद कंडेल तथा धर्मपत्नी तुलसी कंडेल सहितका उनीहरुका ज्येष्ठ पुत्र श्रीकृष्ण कंडेल बुहारी लक्ष्मी कंडेल र कनिष्ट पुत्र राम प्रसाद र बुहारी गंगा कंडेलले परमानन्द संस्कृत गुरुकुलमको एक कक्ष निर्माणकोलागि २५ लाख रुपैयाँ प्रदान गरेका थिए ।

शुक्रबार गुरुकुलमा आयोजित एक कार्यक्रममा कडेंल परिवारले हरिहर सन्यास आश्रमका पिठाधिश तथा परमानन्द संस्कृत गुरुकुलम् बिद्यापीठका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

परमानन्द गुरुकुलमले रकम उपलब्ध गराउने कडेंल परिवारप्रति आभार व्यक्त गर्र्दै सम्पूर्ण कडेंल परिवारलाई भगवान् श्री हरिहरको कृपा एवं स्वामीज्यू महाराजको आशीर्वाद सदा सर्वदा रहिरहोस्, परिवारमा सुख, शान्ति मिलोस् आध्यात्मिक चिन्तन बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको