चितवन आएर रवि लामिछानेले भने, ‘हामी निर्वाचन पर्खिरहेका थियौँ, जेनजीले अगाडि नै बजाइदिए’

Devghat Online

शेयर गरौ

चितवन । पुस ५

हालै कारागारमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि षड्यन्त्र गर्नेहरुलाई युवा पुस्ताले हेलिकप्टर चढेर भाग्न बाध्य बनाइदिएको अभिव्यक्ति दिएका छन् । शनिबार भरतपुरस्थित चौबीसकोठी चोकमा चितवनवासीलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘हामी देशमाथि अन्याय गर्नेहरुलाई तह लगाउनको लागि निर्वाचन पर्खिरहेका थियौँ । तर, जेनजीले अगाडि नै बजाइदिए । हामी मिसन ८४ भनिराखेका थियौँ । जेनजीले ८२ मै बजाइदिए ।’

देशमाथि सहनै नसक्ने गरी अन्याय गरेको हुँदा केपी ओली नेतृत्वको सरकारलाई युवापुस्ताले च्युत पारिदिएको उनले बताए । भदौ २३ मा विद्यार्थीमाथि गोली नबर्साएको भए २४ गतेको घटना नै नहुनेसमेत उनले बताए । तत्कालीन सरकारले भदौ २३ गते पोषाकमै रहेका विद्यार्थीमाथि ज्यादती गरेको हुँदा २४ गते सत्ता छाड्नुका साथै देशले पनि ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ ।

‘देशको इतिहास जलेको छ । हामीले ठूलो क्षति भोग्यौँ । त्यसमा हामीलाई दुःख छ । तर, भदौ २३ गते विद्यार्थीहरुमाथि गोली नदागेको भए यति ठूलो विध्वंश हुने नै थिएन,’ उनले भने, ‘यो सब घटनाको जिम्मा केपी ओलीले लिनुपर्छ ।’

आफूमाथि पुरानो सरकारले दिनुसम्म दुःख दिएको भन्दै नयाँ सरकार र नयाँ पुस्ताले दुःख नदिनेमा विश्वस्त रहेको उनको भनाइ छ । ‘अझै पनि ममाथि थुप्रै मुद्धा बाँकी नै छन् । तर, म डराएको छैन,’ उनले भने, ‘रवि लामिछाने देश र जनताको लागि अन्तिम साससम्म पनि लडिरहन्छ ।’ रवि लामिछाने फेरि पनि चुनावमा उमेदवार बन्ने सङ्केत गर्दै आउने निर्वाचनबाट कि त रास्वपालाई कि त पुराना दललाई शून्यमा झारेर देखाइदिन आग्रह गरे । ‘रास्वपालाई विभिन्न खालका झुटा मुद्धा लगाएर सिध्याउन खोजेकै हो । तर, जनताको मनबाट सिध्याउन कसले सक्छ,’ प्रश्न गर्दै उनले भने, ‘यदि जनताले मलाई दोषी सम्झिन्छ भने मलाई चुनावमा हराइदेऊ, होइन भने तिनीहरुलाई शून्यमा झारिदेऊ ।’

वर्तमान सरकारबाट निर्वाचनको अपेक्षा गरिएको हुँदा निर्वाचनमा सघाउन रास्वपा पूर्ण तयार रहेको पनि उनले बताए । प्रधानमन्त्री सुशीला कार्कीलाई सबैले आमा सम्बोधन गरेको भन्दै आमाको भूमिका निर्वाह गर्नको लागि खुट्टा कमाउनुपर्ने कुनै कारण नरहेको उनले बताए । सभापति लामिछानेले संसद पुनस्र्थापना गर्न खोज्नेहरुले दिवा सपना नदेखे पनि हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक