देवघाट प्रहरीद्वारा नदीजन्य पदार्थ अबैध उत्खनन गर्ने तिनवटा ट्याक्टर नियन्त्रणमा

Devghat Online

शेयर गरौ

देवघाट । पुस ७

इलाका प्रहरी कार्यालय देवघाटले नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन गर्ने तिनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ गाईघाट स्थित त्रिशुली नदीबाट नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन तथा ओसार पसार गरेको ना ६ त ९६२७ र म.प्र.०३–००१ त ८३२४ नम्बरको दुई वटा ट्याक्टरलाई गत शनिबार र वडा नम्बर ५ को कालिमाटी स्थित त्रिशुली नदीबाट अबैध उत्खनन तथा ओसार पसार गरेको बा.प्र.०३–००१ त ०१६१ नम्बरको ट्याक्टरलाई सोमबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ ।

अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरेको भन्ने स्थानीयको सुचनाको आधारमा गाईघाटबाट र कालिमाटीबाट गस्तीको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको इप्रका देवघाटका इन्चार्ज सई शिव थापाले जानकारी दिए ।

गाईघाटबाट नियन्त्रणमा लिईएको ट्याक्टरबाट आइतबार तथा कालिमाटीबाट नियन्त्रणमा लिईएको ट्याक्टरधनीबाट सोमबार देवघाट गाउँपालिकाको कार्यालय मार्फत जनही १५ हजार गरि कुल ४५ हजार रुपैयाँ राजश्व असुल गरि छाडिएको सई थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ