म्याग्देले व्यवसाय दर्ता र नविकरणको लागि घुम्ति शिविर सन्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ८

म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता र नविकरणकोलागि आजदेखी घुम्ति शिविर सन्चालन गरेको छ । म्याग्दे गाउँपालिका भित्र सञ्चालनमा रहेको उद्योगी, व्यापारी, होटल व्यवसायी, कृषक तथा अन्य विभिन्न व्यवसाय सञ्चालन गरि गाउँपालिकामा दर्ता/सूचीकृत भएकाहरुका लागी नविकरण साथै दर्ता/सूचीकृत नभएका व्यवसाय नयाँ दर्ताका लागी म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा मंगलबारदेखी घुम्ति शिविर मार्फत सेवा दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त शिविर अन्तर्गत पहिलो दिनको वडा नम्बर ३ को धयरेचोकमा आयोजित कार्यक्रमको म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले घरदैलोमा आएको सेवाबाट सबै व्यवसायीले लाभ लिनु पर्ने बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणी अधिकारी लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा कार्यपालिका सदस्यहरू, म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारीहरू, वडा सदस्यहरू र ब्यवसायिहरूको उपस्थिति रहेको थियो । पहिलो दिन ४० वटा व्यवसाय दर्ता र नविकरण गरिएको न्यौपानेले बताए ।

उक्त घुम्ति शिविर विभिन्न मितिमा विभिन्न वडामा सेवा सन्चालन गरि पुस २८ गते वडा नम्बर ४ थर्पु स्थित म्याग्दे उद्योग वाणिज्य संघको कार्यालयमा सेवा सन्चालन गरि समापन हुने म्याग्दे गाउँपालिकाका उद्योग शाखाका प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए ।

शिविरमा नयाँ व्यवसाय तथा दर्ता नविकरण गर्न आउँदा व्यवसाय सञ्चालकको नेपाली नागरिकताको प्रतिलिपि, सञ्चालकको पासपोर्ट साईजको फोटो ३ प्रति, भाडामा व्यवसाय सञ्चालन भएको भए सम्झौता पत्र, स्वयम व्यक्तिको नाममा रहेको भए व्यवसाय सन्चालन भएको जग्गाको लालपुर्जा, अन्य निकायमा व्यवसाय दर्ता भई सकेको भए दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि तथा मुचुल्का गर्नुपर्ने व्यवसायहरु होटल, रेष्टुरेण्ट, कुखुरा/पशु फारम, उद्योगको लागि मुचुल्का समेत गनुपर्ने न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ