घिरिङमा प्रजनन स्वास्थ्य सम्बन्धी बृहत् स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ८

घिरिङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हुने भएको छ । शुक्लागन्डकी नगरपालिकाको बेलचौतारा स्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजना र घिरिङ गाउँपालिकाको सहयोगमा वडा नम्बर १ स्थित अत्रौली आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अगामी पुस १४ गते सोमबार महिलाहरुको प्रजनन् स्वास्थ्य समस्यालाई मध्यनजर गरी बृहत स्वास्थ्य शिविर सञ्चालन हुने घिरिङ गाउँपालिकाले जनाएको छ ।

उक्त शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य समस्या सम्बन्धी सचेतनाको कार्यक्रमका साथै ३० देखि ६० वर्षका महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको अग्रिम पहिचान तथा रोकथामका लागि भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड विधिको प्रयोग गरी जाँच, आवश्यक परेमा थर्माेएब्लेशन प्रविधिको प्रयोग गरी उपचार, अन्य परामर्श तथा उपचारको व्यवस्थापन हुनेछ ।

शिविरमा महिलाहरूका प्रजनन समस्याहरू जस्तै सेतो, मैलो, गन्ध आउने पानी आउने, योनी चिलाउने, योनीमा घाउ खटिरा आउने, तल्लो पेट, ढाड वा कम्मर दुख्ने, महिनावारीमा गडबडी, आङ खस्ने समस्या, योनीबाट दिशा–पिसाब चुहिने समस्या, पिसाब रोक्न नसक्ने वा चुहिने समस्या आदिको जाँच गरी, रोग पत्ता लगाई आवश्यक उपचार, परामर्श तथा प्रेषणको व्यवस्था समेत हुने घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए । त्यसैगरि उक्त अवसरमा किशोरीहरूको प्रजनन स्वास्थ्य समस्या पहिचान, परामर्श र उपचार गर्भवती तथा सुत्केरी जाँच हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक