बन्दीपुरमा नेपथ्यको कन्सर्ट हुने, कार्यक्रम सफल बनाउन सचिवालय गठन

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ८

नेपालकै बहुचर्चित सांगीतिक समूह नेपथ्यको कन्र्सट बन्दीपुरमा हुने भएको छ । नेपथ्यको नेपाल टुर कार्यक्रम अन्तर्गत फागुन २ गते भ्यालेन्टाईन डे को अवसरमा बन्दीपुरमा कन्र्सटन हुने भएका हो ।

उक्त ऐतिहासिक सांस्कृतिक कन्सर्ट सफल बनाउन बन्दिपुरका युवाहरू एकजुट भएका छन् । खड्गदेवी बन्दिपुर युवा क्लबको आयोजनामा हुने उक्त कन्सर्टको तयारी जिम्मेवारीका साथ अघि बढाइएको छ । कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल रूपमा सम्पन्न गर्ने उद्देश्यले बन्दिपुरका युवाहरूको सहभागितामा बैठक आयोजना गरी कार्यक्रम सचिवालय गठन गरिएको छ । सचिवालयले व्यवस्थापन, प्रचार–प्रसार, सुरक्षा, स्वयंसेवक परिचालन तथा समग्र समन्वयको जिम्मेवारी सम्हाल्नेछ ।

गठन गरिएको सचिवालयमा रवि श्रेष्ठलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ । सचिवालय सदस्यहरूमा मंगल सिं गुरुङ, अमिर गुरुङ, आकाश गुरुङ, सन्जय गुरुङ, अशोक गुरुङ, डिल बहादुर राना (विजय), सन्तोष थापा, बसन्त पौडेल, सुदिन पौडेल र अभिजेस पिया रहेका छन् ।

बन्दिपुरमा नेपथ्यजस्तो प्रतिष्ठित सांगीतिक समूहको प्रस्तुति स्थानीय सांस्कृतिक जीवनका लागि ऐतिहासिक अवसर भएको आयोजकले बताएका छन् । कार्यक्रमले बन्दिपुरको पर्यटनलाई थप उचाइमा पु¥याउने विश्वास बताइएको छ । कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण बन्दिपुरवासी, युवाहरू तथा संगीतप्रेमी दर्शकहरूलाई सहयोग, सहभागिता र समर्थनका लागि आयोजकले आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू