देवघाट क्रिश्चियनहरुले क्रिसमस डे भव्यरुपमा मनाए

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस ९

देवघाट गाउँपालिका–५ नयाँबस्तीका स्वतन्त्र प्राथाना मण्डलीका सदस्यहरुले क्रिसमस डे भव्य रुपमा मनाएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले जसरी प्रभु इशु ले माया गर्छ त्यसरीनै जनतालाई जनप्रतिनिधिले माया गरिने बताए ।

देवघाट वडा नम्बर ५ मा रहेको सबै मण्डलीहरु एक भएर पालिकामा दर्ता गरि बृहत् रुपमा कार्यक्रम आयोजना गर्नको लागि माग गरियो भने पालिकाले सहयोग गर्ने उपाध्यक्ष गुरुङले बताए । मानिसहरुमा परिवर्तन जरुरी रहेको र प्रभु इशुको वचनमा धेरै अर्थपुर्ण शब्दहरु सिकाउने हुनाले मानिसहरुले जुनसुकै धर्म मनाउन पाउने उसको अधिकार रहेको गुरुङले बताए ।

सो स्वतन्त्र प्राथाना मण्डलीका पास्टर सोम थापाले क्रिस्चियन धर्ममा लागेर मानिसले जीवन परिवर्तन गरेको बताए । मानिसहरु यसमा लागेपछि नराम्रो काममा नलागेको र झुटोहरु नबोल्ने थापाले बताए ।

सो कार्यक्रमा सहपास्टर मनोज थापाले स्वागत मन्तव्य राखेको थियए । उक्त अबसरमा भजन गाउँदै नृत्य गर्दै भव्य तरिकाले क्रिसमस डे मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध