चोरी भएको मोटरसाईकल र स्कुटर सवारी धनीलाई बुझाईयो

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १३

तनहुँ प्रहरीले चोरी भएको २ वटा मोटरसाईकल र १ वटा स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट चोरी भएको उक्त सवारी साधन आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित सवारी धनीलाई बुझाईएको प्रहरीले जनाएको छ ।

गत मंसिर २९ गते कास्की जिल्ला पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने निरु सुबेदीको स्थित पार्किङ्ग गरि राखेको ग १० प २७३३ नम्बरको स्कुटर, पोखरा महानगरपालिका–१० अमरसिहं बस्ने गोबिन्द कुमार शाहको पार्किङ राखेको ग १० प ७२०५ नम्बर मोटरसाईकल आईतबार व्यास नपा–२ दमौलीमा फेला परेको हुँदा सम्बन्धित सवारी धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि गत पुस १० गते तनहुँ व्यास नपा–१ का विशाल रुचालले घरमा पार्किङ्ग गरिराखेको ग २० प ५९०२ नम्बर को पल्सर मोटरसाईकल हराएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँमा प्राप्त भई उक्त कार्यालयबाट खटिई गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त मोटरसाईकल आइतबार व्यास नपा–१२ छिर्कनेमा फेला पारिएको हुँदा आइतबार नै सम्ब्न्धित सवारी धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू