बन्दीपुरको खहरेटारमा एकलाख रुपैयाँ राशीको ‘आठौँ मिलिजुली कप’ खेलकुँद हुने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १४

बन्दीपुर गाउँपालिका–६ खहरटारेमा आजबाट पुरुष भलिवल प्रतियोगिता एवं बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । खहरेटारमा रहेको मिलिजुली युवा क्लबको आठौँ वार्षिकोत्सव तथा तमु ल्होसारको पावन अवसरमा आयोजना गरिएको यस उक्त कार्यक्रम अन्तर्गत शुद्ध गाउँ तथा टोलस्तरीय ‘आठौँ मिलिजुली कप–२०८२’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुने टोलीले क्रमशः ७० हजार र ४० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका संस्थापक अध्यक्ष सिद्धान्त गर्जामगरले जानकारी दिए । खेलकुदमार्फत गाउँको पहिचान उजागर गर्नुका साथै युवाबीच एकता र सद्भाव मजबुत बनाउने उद्देश्यले क्लवले उक्त कार्यक्रम आयोजना गरेको थापाले बताए ।

‘खेलकुदलाई हामीले विशेष प्राथमिकतामा राखेका छौँ, यसले स्थानीय प्रतिभालाई बलियो मञ्च दिनेछ,’ थापाले भने ‘खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु ।’
खेलकुदसँगै तमु ल्होसारको अवसरमा गुरुङ जातिको मौलिक कला, संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने थापाले बताए ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक टक गुरुङको विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूले समेत आफ्नो प्रतिभा देखाउनेछन् । खेल र संस्कृतिको यो संगमले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ । क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष पुस १५ गते खेलकुँद प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको