म्याग्दे गाउँपालिकाद्वारा मोतीबिन्दु भएका ५२ जना विरामीको निशुल्क शल्यक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १४

म्याग्दे गाउँपालिकाले मोतीबिन्दु भएका ५२ जना विरामीको निशुल्क शल्यक्रिया गराएको छ । गत पुस ३ गते थर्पु आधारभुत अस्पतालमा गरिएको आँखा उपचार शिविरमा मोतीबिन्दुको पहिचान भएका ५२ जनाको गाउँपालिकाले पोखरा स्थित हिमालय आँखा अस्पतालमा लगेर निशुल्क उपचार गराएको हो ।

आईतबार २६ र सोमबार २६ जना विरामीलाई हिमालय आँखा अस्पताल लगेर शल्यक्रिया गराएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले बताए । शल्यक्रिया गर्नुपर्ने विरामीलाई लिएर घिमिरे आफै पोखरा गएका थिए ।
म्याग्दे गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको सहकार्यमा गत पुस ३ गते म्याग्दे गाउँपालिका–४ स्थित थर्पु आधारभुत अस्पतालमा निशुल्क आँखा उपचार शिविर आयोजना भएको थियो ।

उक्त शिविरमा ३७० जनाको आँखा परिक्षण गरिएकोमा ५२ जनाको मोतीबिन्दुको शल्यक्रियाको लागि सिफारिस गरिएको थियो भने २२ जनाको जलबिन्दुको उपचार गरिएको थियो ।

म्याग्दे गाउँपालिकाले पाँच वर्षकोलागि हिमालय आँखा अस्पताल पोखरासँग थर्पु आधारभुत अस्पतालमा आँखा उपचार कक्ष स्थापनाको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार आँखा उपचार खटिने विशेषज्ञ चिकित्सकोलागि गाउँपालिकाले बार्षिक ६ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास