उम्मेदवार सिफारिस गर्न एमालेले बोलायो क्षेत्रीय कमिटिको बैठक

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि तनहुँका दुबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न एमाले तनहुँले क्षेत्रीय समन्वय कमिटिको बैठक आह्वान गरेको छ ।

पार्टी केन्द्रीय निर्देशन अनुसार प्रतिनिधि सभको प्रत्यक्ष निर्वाचनका लागी आकांक्षीहरुको नाम नाम पौष २० गते पठाउनुपर्ने भएकोले क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बोलाईएको एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले बताए ।

सचिव अधिकारीका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को बैठक पौष १८ गते खैरेनीटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा र क्षेत्र नम्बर १ को बैठक पौष १९ गते जिल्ला पार्टी कार्यालय दमौलीमा बोलाईएको छ । उक्त बैठकमा प्रतक्ष्य तर्फका उम्मेदवारको आकांक्षीहरुको नाम संकलन गरि जिल्ला कमिटि मार्फत केन्द्रमा पठाईने सचिव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता