दुई जना फरार प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १५

तनहुँ प्रहरीले फरार रहेका दुई जना प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अदालतको फैसलापछि हालसम्म फरार रहेका एक जना र जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका एक जना कैदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले चेक अनादरको मुद्धामा फरार रहेका म्याग्दे गाउँपालिका–७ बस्ने होमबहादुर नेपालीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत तनहुँको लगत अनुसार ५ सय रुपैयाँ धरौटी तिराई रिहा गरिएको छ ।

त्यसैगरि गत भदौ २४ गते जेन जी समुहको आन्दोलनको क्रममा कारागार तोडफोड गरी भागेका बलात्कार मुद्धाका कैदी बन्दीपुर गाउँपालिका–६ का सोमबहादुर थापालाई पक्राउ गरेको छ । उनलाई कैद भुक्तानीकोलागि जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक