भिमादको कृषकमुखी कार्यक्रमः ‘किसानसँग नगर प्रमुख’

Devghat Online

शेयर गरौ

ऋषिकान्त दुुवाडी । भिमाद, पुस २१

भिमाद नगरपालिकाले किसानसँग नगर प्रमुख कार्यक्रम सन्चालन गर्ने भएको छ । कृषि तथा पशुुपालन क्षेत्रको विकास र विस्तार गरी नागरिकलाई व्यवसायिक बनाउने उद्देश्य राखी उक्त कार्यक्रम सन्चालन गर्ने भिमाद नगरपालिकाका प्रमुख दधिराज सुुवेदीले बताए ।

‘स्थानीयको जीवनयापनसँगै गाँसिएको व्यवसाय र आयआर्जनको भरपर्दो श्रोत कृषि व्यवसाय हो, भिमाद नगपालिकाको भौगोलिक अवस्था हेर्दा पनि कृषि र पशुपालनमानै जोड दिनुुपर्ने देखिन्छ’ नगरप्रमुख सुवेदीले भने ‘त्यसैले कृषि तथा पशुुपालनको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि किसानसँग नगर प्रमुख कार्यक्रम ल्याइएको हो ।’ उक्त कार्यक्रमको माध्यमबाट किसानहरुको जिविको पार्जनमा सुुधार ल्याई कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर वनाउन सकिने नगर प्रमुख दधिराज सुवेदीले वताए ।

किसानसँग नगरप्रमुख कार्यक्रमले प्रत्यक्षरुपमा किसानसँग छलफल तथा भेटघाटगरी उनीहरुको अवस्था, पिरमर्का र समस्या पहिचान गरि समाधान गर्न सहयोग गर्ने नगर प्रमुख सुवेदीले वताए । माघ महिनाबाट सवै वडाहरुमा सो कार्यक्रम सन्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए । उक्त कार्यक्रमबारे सोमबार नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कृषि तथा पशुु सेवा शाखाका प्रमुखहरु बिच वैठक बसी माघ महिनाको पहिलो हप्ता देखी नियमितरुपमा किसानको घर दैलोमा जनप्रतिनिधिहरु र सम्बन्धित शाखा प्रमुखहरु सेवा प्रवाह गर्न जाने कार्यक्रम तय गरिएको हो ।

उक्त कार्यक्रमले किसानहरुलाई जनप्रतिनिधिहरुसँगै कृषि र पशुु सेवा शाखाका कर्मचारीहरुसँग प्रत्यक्ष भेट गरी उनीहरुको राय सरसल्लाह लिई आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समेट्ने प्रयास गरिने छ । उक्त कार्यक्रममा भिमाद नगरपालिकाले प्रवाह गर्ने सम्पूूर्ण सेवाका बारेमा जनताहरुलाई जानकारी दिइने छ । जनप्रतिनिधि नै घर दैलो गरी किसानहरुका सम्पुुर्ण समस्याहरुलाई समाधान गरि कामहरुको भावि कार्य योजना निर्माण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनले बताए ।

उक्त कार्यक्रममा विशेष गरी कृषि विकास शाखा, पशुु विकास शाखाबाट प्रवाह गर्ने सेवाका बारेमा जानकारी गरि स्थलगत सेवा दिइने भन्दै प्रमुख प्रशासकीय अधिकृत पुनले कृषि तथा पशुु प्राविधिक सेवाका बारेमा स्थानीयहरुलाई जानकारी गराउन कृषि एप सन्चालन गरिने बताए । त्यसैगरि स–साना सिंचाई योजनाहरुका विषय स्थानीयहरुले उठाएमा सोही दिनमा समाधानका लागि प्रयास गरिनेछ ।

भिमाद नगरपालिकाले चालु आर्थिक वर्षमा पनि कृषि तथा पशुुपालनका क्षेत्र विकासका लागि विभिन्न खालका प्रोत्सान कार्यक्रमहरु ल्याएको छ । किसानहरुलाई मध्यनजर गरी कृषि औजार हाते ट्याक्टर फलामका टनेल बाहेक कृषि सामाग्री, विउ, वीजनमा ८० प्रतिशत सम्म अनुदान प्रदान गरेको छ । त्यसै भिमाद नगरपालिकाले कृषि क्षेत्रलाई बढ्वा दिनका लागि पशुुआहार व्यवस्थापनका लागि साइलेजको व्यवस्था समेत गरेको छ । त्यस्तै दुुग्ध उत्पादन किसानहरुका लागि प्रोत्साहनस्वरुप प्रतिलिटर १० रुपैया दिँदै आएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू