तउवासंघ दमौली बजार इकाईको सभापतीमा शेषराज श्रेष्ठको उम्मेदवारी घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २१

तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईको आज हुने अधिवेशनका लागि वर्तमान कार्यबाहक सभापति शेषराज श्रेष्ठले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय श्रेष्ठले दमौलीको व्यावसायिक विकास र सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । हालका अध्यक्ष शुकनारयण मल्ल बिदेश गएपछि इकाईको उपसभापती रहेका शेषराजले केही महिना यता कार्यवहाक सभापतीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

श्रेष्ठले अघि दुई कार्यकाल इकाईको कार्यसमिति सदस्यका रूपमा कुशलतापूर्वक जिम्मेवारी निभाएका छन् । संस्थाको तल्लो तहदेखि नेतृत्वदायी भूमिका सम्मको उनको यो अनुभवले दमौलीका व्यवसायीहरूको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न मद्दत पुग्ने व्यवसायी कविराज श्रेष्ठले बताए ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पछिल्लो समयको आर्थिक मन्दी र घरभाडा लगायतका समस्याले थलिएका व्यवसायीहरूको हक हितका लागि प्रभावकारी पहल गर्ने, दमौली र आसपासका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि को अवधारणा अघि सार्ने, तनहुँको मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै यस्ता सम्पदालाई व्यावसायिक लाभसँग जोड्ने तथा उद्योग वाणिज्य संघलाई केवल नाफामुलक संस्थाका रूपमा मात्र नहेरी सामाजिक सेवा र विकासका कार्यमा सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन् ।

श्रेष्ठ बाहेक इकाईको सभापतीमा अन्जु दाहाल र बिन्दुकुमार श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ