लायन्स क्लव खैरेनीटारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २२

लायन्स क्लब अफ तनहुँ खैरेनिटार, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स तथा लियो क्लब अफ खैरेनिटार–दुलैगौंडा मन्त्रको संयुक्त आयोजनामा क्यान्सर पीडितलाई आर्थिक सहयोग तथा खेलाडी भाइबहिनीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य खिमबहादुर कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम वडा नम्बर–६ स्थित कुमाल समाज भवनमा आयोजना गरिएको थियो । कार्यक्रमका अवसरमा म्याग्दे गाउँपालिका–५ मौरीबजार निवासी क्यान्सर पीडित पदमबहादुरलाई २५ हजार ४३०, तथा शुक्लागण्डकी नगरपालिका–७ निवासी क्यान्सर पीडित कुलमाया पौडेललाई २३ हजार ५ रुपैयाँ गरी जम्मा ४८ हजार ४३५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

साथै सो अवसरमा खेलाडी भाइबहिनीहरूका लागि १८ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

लायन्स क्लब अफ तनहुँ खैरेनिटारका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्याबिनेट सेक्रेटरी सुजित हिराचन, जोन चेयर पर्सन प्रमोद लामिछाने, डिस्ट्रिक्ट चेयरपर्सन महेश्वर बस्नेत लगायत तीनै क्लबका लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष बिर्सना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम संयोजक संस्थाकी सदस्य निर्मला श्रेष्ठ (सुकु) को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रजनी थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक