लायन्स क्लव बेलचौताराले बाड्यो विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २२

लायन्स क्लव अफ बेलचौतारा टाउनले शुक्लागण्डकी–११ साँखेस्थित आधारभूत माध्यमिक विद्यालयका ६१ विद्यार्थीलाई ५० हजार बराबरको शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

क्लवले विद्यार्थीलाई न्यानो कपडा, स्विटर, झोला र अन्य शैक्षिक सामाग्री उपलब्ध गराएको हो । सोमबार क्लवकी अध्यक्ष अनिता थापा र रिजन चियर पर्सन कमल गैह्रे लगायतका पदाधिकारीहरु विद्यलयमा नै पुगेर उक्त सामाग्री उपलब्ध गराएको सचिव सरस्वती पौडेल भट्टराईले जानकारी दिइन् ।

उक्त कार्यक्रममा स्थानीय समाजसेवी फुलमाया वाग्लेले बढ्दो जाडोलाई मध्यनजर गरि क्लवले उपलब्ध गराएको सहयोग विद्यार्थीका लागि प्रभावकारी हुने विस्वास ब्यक्त गरिन् ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर थापा, प्रधानाध्यापक ज्ञाननाराण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य हेमकाजी वाग्ले लगायतले सहयोग प्रति धन्यवाद ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई विद्यालयप्रति आकर्षण बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ