भानु साहित्य उद्यानको गूरुयोजना स्वीकृत

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २२

भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन गुरुयोजना भानु नगर कार्यपालिकाद्वारा स्वीकृत गरिएको छ । गुरुयोजना बमोजिम साहित्य उद्यानको पूर्णताको लागि करिव १ अर्वको लागत अनुमान गरीएको छ ।

यस आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयको २० करोड विनियोजन गरीएको छ भने जसबाट भानु साहित्य उद्यानका शिखर कटेरी हूँदै रम्घा डाँडा सम्मको मोटर मार्ग स्तरोन्नती (कालो पत्र सहित), भानुको विशाल प्रतिमा निर्माण (५४ फुट) आदि भौतिक संरचनाको कार्य अघि बढाईनेछ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भानु साहित्य उद्यानको विकासको लागि गुरुयोजना निर्माण, जग्गा अधिकरण र गुरुयोजना पूर्णताको लागि आवश्यक बजेट विनियोजनको लागि बारम्बारको भेट, छलफल र पहल पश्चात गत आर्थिक वर्षमा रम्घा डाँडामा रिटेनिङ वाल निर्माण र जग्गा अधिकरणको कार्य सम्पन्न भएको थियो । हाल गुरुयोजनाको लागि करिव ४०० रोपनी जग्गा प्राप्ति भई सकेको छ ।

साथै भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजनाका साथ बहुवर्षीय योजनामा लैजान भानु नगर प्रमुख, भानु साहित्य उद्यान विकास समितिद्वारा राष्ट्रपतिलाई अनुरोध र राष्ट्रपतिको समेत भानु साहित्य उद्यान गुरुयोजनाको पूर्णताको लागि विशेष चासो समेत रहेको छ । अव केही दिनमा गुरुयोजनालाई राष्ट्रपति मार्फÞत अर्थ मन्त्रालयमा बहुवर्षीय योजनाको लागि सिफÞारिस गरिने नगरप्रमुख त्रिपाठीले बताए ।

नगर प्रमुख त्रिपाठीले भानु नगरपालिकाको समग्र विकासको लागि विशेष गरी भानु साहित्य उद्यान निर्माणको लागि राष्ट्रपति पौडेलले देखाउनु भएको चासो र पहल प्रति धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा नगर उप–प्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेल, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, भानु साहित्य उद्यान विकास समितिका महासचिव ब्रतराज आचार्य, उपाध्यक्ष विधान आचार्य, परामर्श दाता, नगर शाखा प्रमुख, डुम्रे भन्सार शहरी विकास कार्यालयका प्राविधिक र भानु नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन भानु नगरपालिका बरिष्ठ प्रशासकिय अधिकृत सुनील पाण्डेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय