अस्पतालको आडैमा महोत्सव, विरामी र आफन्तहरु आतंकित, चर्काे साउन्ड नबजाउन अस्पतालको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २३

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा विहिबारदेखी दमौली अस्पताल अगाडीको चौरमा छैंठौं आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव हुनेछ । महोत्सव आगामी माघ ५ गतेसम्म हुनेछ ।

व्यास नपा–३ स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको खेल मैदान महोत्सवकोलागि उपलब्ध नभएपछि अनसन चौतारी र दमौली अस्पताल अगाडीको चौरमा महोत्सव आयोजना गर्न लागिएको हो । जनजाती महासंघले आयोजना गरेको भएपनि उक्त महोत्सव भरतपुर –९ चितवन स्थित एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालिले ठेक्कामा चलाउन लागेको हो ।

महोत्सवमा आदिवासी जनजातीको कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा ७३ लाख आम्दानी तथा ५८ लाख खर्च भई १५ लाख बचत गर्ने लक्ष्य लिईएको आदिवासी जनजाती महासंघ तनहुँका बरिष्ठ उपाध्यक्ष सिद्धान्त थापा मगरले जानकारी दिए । नेपाल आदिवासी जनजाती महासंघ तनहुँले २०६२ सालदेखी आदिवासी जनजाती महोत्सव आयोजना गर्दै आएको थियो । यो महोत्सव त्यसैको छैठौं संस्करण हो ।

अस्पताल जस्तो संवेदनशिल स्थानको आडैमा महोत्सव आयोजना गरिएकोमा दमौली बजारबासीले त्यसको चर्काे आलोचना गरेका छन् । महोत्सवमा प्रयोग गरिने चर्काे साउन्ड सिस्टमले अस्पतालमा उपचाररत विरामीहरुलाई ठुलो असर पर्ने भन्दै अन्यत्र ठाउँ नै नभएजस्तो गरि अस्पतालको आडैमा महोत्सव गर्नु ज्यादै नै सोभनीय विषय नभएको बजारबासीको भनाई छ । चर्काे आवाजले समस्या हुने भन्दै विरामी तथा आफन्तहरु आतंकित भएका छन् । अस्पतालमा उपचाररत केही विरामीले भोलीबाट अस्पतालमा बस्न नसकिने अवस्था आउनसक्ने गुनासो समेत गरे ।

चर्काे साउन्डले अस्पतालमा उपचाररत जेष्ठ नागरिक, बालबालिका, मुटुरोगीहरु, मृगौलाको नियमित डाइलासिस गरेका विरामी तथा भर्खर जन्मेका बच्चाको स्वास्थ्यमा गम्भिर समस्या पर्न सक्ने चिकित्सकहरुले बताएका छन् । भर्खर जन्मेको बच्चाको कानमा एक्कासी चर्काे आवाज परेमा त्यो बच्चाले भविष्यमा कान नै नसुन्ने खालको गम्भिर समस्या देखापर्न सक्ने एक स्वास्थ्यकर्मीको भनाई छ । साथै मुटुरोगी र मृगौलाको डाइलासिस गरिरहेका विरामीलाई पनि चर्काे आवाजले गम्भिर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए । चर्काे आवाजले त्यसखाले विरामीहरुलाई केही भईहालेमा कसले जिम्मेबारी लिने ? उनले प्रश्न पनि गरेका छन् ।

दमौली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले चर्काे आवाजले अस्पतालका विरामीहरुलाई समस्या पर्ने हुँदा चर्काे आवाज नबजाउन महोत्सवको आयोजकको ध्यानाकर्षण गराएको छ । दमौली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले चर्काे आवाज नबजाउन ध्यानाकर्षण गरिएको बताए । ‘आवाज कम गर्न, राती अबेरसम्म कार्यक्रम नगर्न र दिनदिनै पानी हालेर धुलो कम गर्न तथा दैनिक सरसफाई गर्न महोत्सवको आयोजकको ध्यानाकर्षण गराएका छौं’ अध्यक्ष वाग्लेले भने यदि चर्काे आवाजले विरामीलाई समस्या भयो भने कुनै पनि बेला महोत्सवको बारेमा अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको