भैरवकाली माविको ४८ औं वार्षिकोत्सवः विभन्नि कार्यक्रम आयोजना हुने

Devghat Online

शेयर गरौ

लमजुङ । पुस २४

मध्यनेपाल नगरपालिका–४ मा रहेको भैरवकाली माविको ४८ औ वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । यसै अवसरमा बुधबार फुटवल प्रतियोगिता आयोजना गरियो भने विहिबार दौड प्रतियोगिता आयोजना गरियो ।

यस्तै विद्यालयको ४८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विहिबार विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगिता विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, खेलकुदप्रतिको रुचि र आपसी सहयोगको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई ग्रिन, एल्लो, ब्लु र रेड गरी चार वटा सदनमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । सोही सदन प्रणालीअनुसार कक्षा तहका आधारमा विभिन्न दूरीका दौड खेलहरू सञ्चालन गरिएका थिए । प्रतियोगितामा छात्र तथा छात्रा दुवैको उत्साहजनक सहभागिता रहेको थियो ।

खेल शिक्षक चेतनाथ ओझाका अनुसार प्रतियोगिता अनुशासन, निष्पक्षता र खेल भावना अनुसार सफलतापूर्वक सम्पन्न गरिएको हो । उनले यस्तो किसिमको खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । विद्यालय प्रशासन, शिक्षकहरू तथा सदन संयोजकहरूको सक्रिय सहयोगमा कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ । उद्घाटन सत्रको दौडमा मध्यनेपाल नपा वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ प्रथम, बिद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र लम्साल द्वित्तिय भएका थिए ।

यसैगरि विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार अन्तर आधारभूत तह (१-५) स्तरीय हाजिरी जबाफ प्रतियोगिता हुने भएको छ । उक्त अन्तर आधारभूत तह (१-५) स्तरीय हाजिरी जबाफ प्रतियोगिता पुर्णरुपमा डिजिटलाइजड पद्धतीबाट हुने भएको छ । विद्यार्थीहरुले स्मार्ट टिभिको स्कृनमा हेरेर प्रश्न रोज्ने, प्रश्न पढने र जबाफ दिने र मिले नमिलेको र कति नम्बर प्राप्त गरियो भन्ने कुरा स्कृनमानै थाह पाउने सहितको एप निर्माण गरिएको कुरा विद्यालयका आइसिटी इन्चार्ज विनोद कोइरालाले जानकारी दिए । उक्त कार्यक्रमको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले गर्नेछन् ।

यसैगरि वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुद्वारा फुड फेस्टिवल आयोजना गरिने भएको छ । विभिन्न कक्षाका विद्यार्थीहरुद्वारा पढदै कमाउदै कार्यक्रम अन्तरगत आफुले जानेका अर्गानिक खाना/खाजा बनाएर आम्दानी गर्दे आफनो कला प्रतिभा प्रस्फुटन गर्नलागेको विद्यालयका प्रअ हरिश्चन्द्र लम्सालले जानकारी दिए ।

उक्त खाद्य महोत्सबमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आप्नो सीपअनुसारका विभिन्न परिकारहरु जस्तै भेज र नन्भेज मम, पनिर, पकौडा, अर्गानिक चनाचटपटे पानी पुरी, दही पुरी, नेवारी खाजा भेज र ननभेज, कोदाको सेलरोटी, चिया, कफी एवं कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुद्वारा पोटेटो चिजबल्स आदि बनाएर विक्री गर्ने कुरा फुड फेस्टिवलका संयोजक शिक्षक प्रल्हादचन्द्र लम्सालले जानकारी दिए । उक्त विद्यालयमा अहिले पढदै कमाउदै कार्यक्रम अन्तरर्गत सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा च्याउखेती कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

यसै अवसरमा २६ गते अभिभावक खेलकुद, अन्तरसदनात्मक खेलकुद फाइनल २७ गते वार्षिकोत्सब समारोहको कार्यक्रम उद्घाटन, चन्दादाता सम्मान, अतिथि स्वागत, वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, सास्कृतिक नृत्य, नाटक प्रस्तुत, कार्यक्रम समापन र साँझ दिपावली कार्यक्रम र पौष २८ गते पुरस्कार वितवरण गरिने कुरा प्रअ लम्सालले जानकारी दिए । पौष २७ गते हुने वार्षिकोत्सबको मुल समारोहको प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका सचिब कृष्ण प्रसाद लम्साल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू