कुलमानका यी ६ माग, जसका कारण भाँडियो रास्वपासँगको एकता

Devghat Online

शेयर गरौ

काठमाडौं । पुस २६
कुलमान घिसिङले पूरा गर्नै मुस्किल पर्ने ६ वटा माग राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएको खुलेको छ ।
रास्वपा सभापति रवि लामिछानेले कुलमानसँग भएको वार्ताबारे पार्टीमा ब्रिफिङ गर्दा उक्त कुरा उल्लेख गरेका हुन् ।
कुलमानले पार्टीमा वरिष्ठ उपसभापतिदेखि उम्मेदवारको संख्या टुंग्याएर त्यो संख्या उल्लेख गरेर एकता गर्नुपर्ने प्रस्ताव गरेको रविले बताएका थिए ।
शनिबार रविले गरेको ब्रिफिङका आधारमा रास्वपाका एक नेताले कुलमानको ६ मागबारे बुँदागत रूपमा उल्लेख गरे ।
ती नेताका अनुसार कुलमानका माग निम्नानुसार छन्ः
-वरिष्ठ उपसभापति चाहियो ।
-पार्टीको नाम चेन्ज गरेर उज्यालो थप्नुपर्छ ।
-महामन्त्रीसहित थप पदाधिकारी र सचिवालय सदस्य दिनुपर्छ ।
-आफ्नो तर्फबाट ३० को हाराहारीमा केन्द्रीय सदस्य बनाउनुपर्छ ।
-समानुपातिकमा कम्तीमा ७ जना सांसद बन्ने ग्यारेन्टी हुनुपर्छ ।
-प्रत्यक्षमा अहिले नै सीट बाँडफाँड हुनुपर्छ र उज्यालोलाई छुट्टै भागबण्डा अनि सीट संख्या देखाएर एकता गर्नुपर्छ ।
एक दिन मिलायो भोलिपल्ट अर्को माग थपिने, यही कुरामा मात्रै टाइम वेस्ट गर्नुपर्ने अवस्था आएपछि कुरा मिलेन, रविको ब्रिफिङबारे ती नेताले भने ।
रास्वपासँगको एकता भाँडिएपछि कुलमान उज्यालो नेपाल पार्टीको नेतृत्व गर्दै राजनीतिमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक